काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजि क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरि बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बजेटलाई परिणाममूखी बनाउनका लाथि प्राय सवै क्षेत्रसंग छलफल गरिरहेको उनले बताए । गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केहि राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेका उनको धारणा छ ।

अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने र सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध रहेको उल्लेख गरे । उनले सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम , बजेट र मौद्रीक नीतिमा एकरुपता ल्याउने बताए ।

उनले विद्युतिय सवारी साधानमा कर बढाउन दवाव आइरहेको र इभिका कारण ४० अर्व गुमेपनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

उनले केहि क्षेत्रमा रिफर्मको माग पनि आएको भन्दै केहि क्षेत्रलाई भने बजेटले विशेष प्राथमिकता दिने संकेत गरे । मन्त्री पुनले आर्थिक गतिविधिलाई चलायमान गर्न नै सरकारको ध्यान केन्द्रीत रहेको बताए ।