काठमाडौं– काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काठमाडौं टोखा बस्ने चितवन भरतपुर महानगरपालिका–८ घर भएका ३० वर्षीय अमृत भट्ट क्षेत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


चितवनबाट काठमाडौ आएको बुद्ध एयरमा भरतपुर चितवनबाट रमेश पौडेलले कार्गो गरी पठाएको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उक्त व्यागमा लागूऔषध बरामद गरी व्याग लिन आउने क्षेत्रीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१२ ईत्रामबाट पनि करिब ३ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ४ सय ५० रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जुम्ला तिला गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने २१ वर्षीय खिमराज शाही रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यता बारा, जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारस्थित ना.५ ख ३७०१ नम्बरको बसबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले बुधबार साँझ  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४३ प ६१ नम्बरको मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका–९ बस्ने २८ वर्षीय राजिन्दर थापा र बसका सहचालक रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने ३७ वर्षीय बालकृष्ण बिक रहेका छन् । उक्त मोटरसाइकलमा आएका २ जनाले बसका सहचालकलाई उक्त पदार्थ दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका–१५ राजबंशी चोक बस्ने १९ वर्षीय सुरज भन्ने खिलमन राजबंशीलाई १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ र नगद १० हजार ९ सय ५ रुपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस केशहरु सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।