काठमाण्डौं: मोरङको बेलबारीका चार सामाजिक संघसंस्थाले सामूहिक देउसी भैलो खेलेर संकलन गरेको रु एक लाख ५० हजार ७०१ समाज सेवामा प्रदान गरिएको छ । बेलबारी जेसिज, लायन्स क्लब बेलबारी, युवा जागरण नेपाल र पत्रकार समूह बेलबारीले सामूहिक देउसी खेलेर संकलन गरेको सो रकमबाट ज्येष्ठ नागरिक समाज, बेलबारीलाई एक थान रेफ्रिजरेटर र नेत्रहीन संघ, मोरङलाई एक थान कम्प्युटर र एकथान प्रिन्टर प्रदान गरेको छ ।


ADVERTISEMENT


यसअघि सो समूहले देउसीमार्फत संकलन गरेको रु २० हजार बराबरको सामग्री बेलबारी–१ नक्सालबारीका आगलागीपीडित रामबहादुर मगरलाई प्रदान गरिसकेको छ । सामग्री खरिद गरी बाँकी रहेको रकम सामाजिक कार्यमा खर्च गरिने कार्यक्रमका संयोजक माधवराज थापाको भनाइ छ ।


ADVERTISEMENT

# # #


उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, नेकपा (एमाले)का बेलबारी संयोजक इरान राई, नेपाली काँग्रेसका बेलबारी संयोजक शम्भु भट्टराई, ज्येष्ठ नागरिक समाज, बेलबारीका उपाध्यक्ष बमबहादुर बस्नेत, नेत्रहीन संघ मोरङकी उपाध्यक्ष सरिता रसाइली लगायतले बेलबारीका संस्थाले गरेको यो काम प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन् । आजको गोरखापत्र अनलाइनबाट