काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको कार्यालाई तीव्र पार्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बिपद व्यवस्थापन बैठकमा गृहमन्त्री खाँणले उक्त निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


बैठकमा शनिबार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिबारे ब्रिफिङ गरिएको थियो । सो क्रममा गृहमन्त्रीले सहज रुपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच अनिवार्य रहेकाले त्यसका लागि तत्काल आवश्यक प्रवन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


उनले सडक आवागन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न निर्देशन समेत दिए । नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि गृहमन्त्रालय प्रतिवद्ध रहेको गृहमन्त्री खाँणले बताए ।

गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललगायतको उपस्थिति रहेको थियो ।