काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केहि नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् । उनले व्यक्तिगत अहंकार र जिद्धिको कारण नै कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताए ।


ADVERTISEMENT

# # #


प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उनको भनाई छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताए । उनले मुलुकको बिकास र शुसानसका लागि कम्युनिष्ट सरकार नै चाहिने धारणा राखे । ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नया सरकार आउने बितिकै दमन र राजनीतिकरण सुरु भएको तर्क गरे ।

उनले सरकारको गलत कामको खवरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिए ।