काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको भावी रणनीति तय गर्न साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आइतवार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । विधान अधिवेशनको विषयमा छलफल गर्न एमालले केन्द्रीय कमिटी बैठक बोलाएको हो । त्यस्तै बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको पोखरेलले बताउनुभयो । त्यस्तै बैठकले असोज ३ गते वडा तहको अधिवेशन गर्न र ९ गते स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको छ । पोखरेलले पार्टीलाई एकतावद्ध पार्नका लागी प्रयास जारी रहेको बताए । त्यस्तै महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको बताए ।

स्थायी कमिटी बैठक सोमबार ३ बजे पुन बस्ने बताइएको छ ।