काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा) आज बैठक बस्ने भएको छ । निर्वाचन आयोगबाट सोमबारमात्रै आधिकारिकता प्राप्त गरेको जसपाले कार्यकारिणी समितिका लागि आज दिउँसो २ बजे बैठक बोलाएको हो ।


ADVERTISEMENT


आफ्नै पाटी कार्यालय बालकुमारीस्थित बस्ने भनिएको सो बैठक पार्टीको आगामी दिनका लागि रणनिती तयार पार्नका लागि बस्ने भन्ने बुझिएको छ । जसपा नेता इस्तियाक राईका अनुसार, उक्त बैठकमा पार्टीको नयाँ संगठन, संसदीय दलको नेता चयन तथा सरकारमा सहभागिता लगायतका विषयवस्तुमा आवश्यक छलफल गरिनेछ ।


ADVERTISEMENT

# # #


हिजो आयोगमा पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

जसका लागि उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समिति सदस्यहरुले सनाखत गरेका थिए । तर, जनता समाजवादी पार्टी जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी भने तटस्थ बसेका छन् । यसका लागि उनले ‘पार्टीको बफादार सिपाही भएकाले आफू तटस्थ बसेको’ प्रतिक्रिया दिएका थिए ।