काठमाडौं– थापाथलीस्थित रहेको नर्भिक इन्टरनेशनल अस्पतालले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार, आगामी शनिबारदेखि नै सञ्चालन हुन लागेको सो अभियानमा इच्छुक जोसुकैले पनि आफ्नो स्वास्थ्य जाँच गराउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


प्रत्येक शनिबारको बिहान १० देखि मध्यान्ह १२ बजेसम्म गरेर हप्ताको दुई घन्टा सञ्चालन हुने सो अभियानका लागि इच्छुकले ९८४११८१२८१ मा फोन गरी अस्पताल ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई आफ्नो नाम टिपाउन सक्नेछन् ।

हप्तैपिच्छे अलग–अलग विशेषज्ञद्वारा सेवा दिइने उक्त अभियानमा जाँच गर्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी भने नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने सीइओ मिश्रले जनाएका छन् ।

आगामी शनिवारका लागि भने वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा दिने बताउँदै सम्बन्धित बिरामीहरुलाई उक्त अभियानको भरपूर फाइदा लिन अस्पतालले आह्वान समेत गरेको छ ।