काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएको भोलिपल्ट आज अपरान्ह दुई सकक्षीबी टेलिफोन भएको हो ।


ADVERTISEMENT


दुई देशबीचको समबन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले जनाएका छन् । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई चाँडै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालले यसअघि खोप खरिदका लागि पैसा पठाए पनि खोप पाउन सकेको थिएन । प्रधानमन्त्री देउवाले आफूले मोदीलाई बधाईका लागि धन्यवाद दिएको समेत बताएका छन् । मोदीले देउवालाई हिजो साँझ पनि टेलिफोन गरेर विश्वासको मत पाएकोमा बधाई दिएका थिए ।

देउवाले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज अपरान्ह प्रधानमन्त्री नरेन्द्र मोसीसँग मैंले सौहार्दपूर्ण टेलिफोन कुराकानी गरें। हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे विचार राख्यौं। प्रधानमन्त्री मोदीले नेपालमा चाँडै कोभिड–१९ विरुद्धको खोपहरू आपूर्ति गर्ने आश्वासन दिनुभएको छ । मैंले उसलाई बधाईको न्यानो शब्दका लागि धन्यवाद दिएँ ।’