पोखरा – गण्डकी प्रदेशमा नेकपा एमालेका प्रदेश सांसदहरुले अवरोधकै बीच प्रदेश सरकारको बजेट पारित गरिएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको बजेट पारित गर्ने कार्यक्रम रहेको थियो । तर, नेपाल पक्षले निरन्तर अवरोध गरर्दै कुर्सी तोडफोडमा उत्रिएपछि बैठक पटकपटक स्थगित भएको थियो । एमाले सांसदले बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई बुझाएको १० बुँदे ध्यानाकर्षण पत्र जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान राखे ।


ADVERTISEMENT

# # #


उनीहरुले रोस्टम घेराउ गर्दै प्रदेश सभाका कुर्सीहरु पनि तोडफोड गर्ने प्रयास गरे । एमाले सांसदले अवरोध पुर्याउँदा बैठक तीन पटक स्थगित भएको थियो । चौथोपटक ठूलो संख्यामा सुरक्षाकर्मी र मर्यादापालक तैनाथ गरेर बहुमतले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरिएको छ ।