काठमाडौँ – नेपाल राष्ट्र बैंकको मोबाइल एप्लिकेसन सार्वजनि भएको छ । बुधबार भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेकी हुन् ।


ADVERTISEMENT


बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।


ADVERTISEMENT

# # #


उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ ।

उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार गरिने बैँकले जनाएको छ । यो लिंकमा गई एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सकिनेछ ।