काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि आभार व्यक्त गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए । रासस