काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पुनः राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्नै उपाध्यक्ष गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको विभेद अन्त्य गर्दै राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने बताएका हुन् । हाल संविधानमा प्रतिनिधिसभाको सदस्य मात्रै देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहेको छ ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष गौतमले भने, ‘राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको विभेद अन्त्य गरिदिनुहोस् । विभेद अन्त्य कसरी हुन्छ त भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुहोस् ।’ बेलायतको नक्कल गरेकाले संसारमा नेपालमा मात्रै राष्ट्रिय सभाका सदस्यले शासन गर्न नपाउने व्यवस्था हटाउन माग गरे ।

यसअघि आफूले उक्त प्रस्ताव राख्दा चरित्र हत्या गरेको समेत गुनासो गरे । उपाध्यक्ष गौतमले यसअघि पनि संविधान संशोधन गरेर राष्ट्रिय सभाका सदस्य पनि देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न माग गरेका थिए । ‘म आज फेरि पनि यो कुरा दोहोर्‍याउन चाहन्छु ।’ उनले भने, ‘हामी १७ औँ शताब्दीमा बेलायतमा निर्माण भएको संसदको परम्परालाई थेगिराखेका छौँ ।’

उनले राष्ट्रिय सभामा सिंगो राष्ट्रको प्रतिनिधित्व हने र यो स्थायी सभा भएकाले उक्त व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले अध्यादेशमार्फत ल्याएको २०७८/७९ को बजेटलाई पनि राष्ट्रिय सभामा प्रस्तुत गरेर छलफल गरिनु पर्ने माग राखे ।