वाग्मती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ ।


ADVERTISEMENT


साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्यका साथ सो कार्ड वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्‍याइने लक्ष्य गाउँपालिकाको छ । रासस