काठमाडौँ– निर्वाचन आयोगले कार्तिक र मंसिरमा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बीच आयोगले ६७ बुँदेसहित कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विघटन गरी निर्वाचनका लागि पहिलो चरणको निम्ति तोकिएको कात्तिक २६ र दोस्रो चरणको मंसिर ३ गते मितिअनुरुप नै रहेको छ ।

असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने भनिएको दल दर्ताको लागि सूचना सोही दिन प्रकाशन गरिने छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यस्तै, पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।