काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेको हो ।


ADVERTISEMENT

# # #


त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरेका छन् । बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारयण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ । रासस