काठमाडौँ – एमाले बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा मागिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टी केन्द्रीय सदस्य जगत विश्वकर्माले राजीनामा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।


ADVERTISEMENT


मन्त्री भएर पनि जातीय विभेदलाई प्रशय दिएको भन्दै पूर्वयुवा तथा खेलकुद मन्त्री समेत रहेको विश्वकर्माले श्रेष्ठको राजीनामा मागेको हुन् । केही दिन पहिले रुपा सुनारलाई दलित भएका कारण कोठा भाडा नदिएको भन्दै घरभेटी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, पछिल्लो समय वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मन्त्री श्रेष्ठले पक्राउ परेकी प्रधानलाई छुटाउन भूमिका खेलेका थिए । उनले प्रधानलाई थुनामुक्त गरेपछि हात हल्लाउँदै सरकारी गाडीमै राखेर निवास पुर्याइदिएका थिए ।

मन्त्री श्रेष्ठको कार्यको चौतर्फी विरोध भइरहेको छ । यद्दपी मन्त्री श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकार गरिसकेका छन् ।