डडेल्धुरा– नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैन सिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


कोरोना भाईरसको संक्रमण बढि रहेकै बेला नेता महरले सघिंय सरकारको माथहातमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटरसिलिण्डर, मास्क, ग्लोब्स फेससिल्ड अक्सिजन मास्क, अक्सोमिटर लगायतका सामाग्री हस्तान्तण गरेको डडेल्धुरा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष करुणाकर ओझाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


अस्पताललाई नेता महरले गरेको सहयोगले कोरोना माहामारीको चपेटामा परेका विरामीलाई राहात पुग्ने अध्यक्ष ओझाको भनाई छ । नेपाली कांग्रेसका बौद्धिक युवा नेता नैनसिंह महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

मगंलवार मात्रै गृहजिल्ला डडेल्धुरा पुगेका कांग्रेसका नेता महरले विभिन्न सघंसस्था र साथिभाईको सहयोग मार्फत उक्त रकमको जोहो गरि डडेल्धुरा अस्पताल आउने कोरोना विरामीको उपचारमा सहजता दिलाउनका लागि सामाग्री हस्तान्तरण गरेको बताए । दुरदराज पुगेर जनताको साथमा सधैँ रहिरहने नेता महरले विभिन्न संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष करुणाकर अवस्थीलाई र गन्यापधुरा गाउपालिका अध्यक्ष नवल मल्ललाई हस्तान्तरण गरेका हुन् ।

डडेल्धुरा अस्पतालमा उपचारका लागि विकट, दुरदराजबाट समेत विरामीहरु आउने गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधीहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।