चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई समाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन् । आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।


ADVERTISEMENT


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार बलात्कारको घटना भरतपुर र माडीमा भएको थियो । प्रहरीले ११ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा माडी नगरपालिका वडा नं. ८ का २२ वर्षीय सुरेश भन्ने चिजबहादुर गुरुङलाई समाएको डिएपी शर्माले बताए । घटना कात्तिक २ गते बेलुकी भएको थियो । गुरुङ पाँच गते समातिएका हुन्।


ADVERTISEMENT

# # #


त्यस्तै कात्तिक ५ गते बेलुकी छ वर्षीया बालिका लाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं. ५ का ५२ वर्षीय देविप्रसाद अधिकारीलाई समातेको छ । अधिकारी सोही दिन गिरफ्तार भएका हुन् । दुवैजनालाई तत्कालका लागि पाँच दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको डिएसपी शर्माले बताए ।

अदालतले पटक पटक गरेर २५ दिनसम्म हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अनुमति दिन सक्ने कानुनी प्रवधान छ । २५ दिनभित्र प्रहरीले अनुशन्धान पुरा गरेर आरोपितविरुद्ध मुद्दा चलाउन सक्छ । प्रहरी अनुशन्धानको आधारमा अदालतले तत्काल मुद्दा दायर गरे पनि उनीहरु दोषि हुन वा होइनन् भन्ने किटान गर्न दुवै पक्षको बहस सुनेर फैसला गर्ने परिपाटी छ । – आजको नागरिकबाट