काठमाडौँ– नियमित आउने गरेको खानेपानी वितरण समयतालिका अब भने परिवर्तन भएको छ ।


ADVERTISEMENT


मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण खानेपानी वितरणको नियमिततामा फेरबल गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको हो ।


ADVERTISEMENT

# # #


मर्मतकार्य जारी हुने भएकाले हालको हिसाब अनुसार, अब दैनिक १७ करोड लिटर पानी उपलब्ध हुन नसक्ने भएकाले वितरण तालिका फेरबदल गरिएको लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार, परिवर्तित खानेपानी वितरण समयतालिका मेलम्ची मर्मत कार्य नसकुन्जेल सम्मका लागि लागू हुनेछ । यस्तै मेलम्ची आयोजनाले भने मर्मत कार्य सम्पन्न हुन २ मनिा लाग्ने जनाएको छ ।

केयूकेएलद्वारा सोमबार जारी नयाँ तालिका अनुरुप महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिनेछ भने बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ । यस्तै, सैबु ललितपुरबाट वितरण हुने पानी भने १२ दिन बिराएर सबैभन्दा लामो समयावधिमा वितरण गरिने भएको छ ।

केयूकेएलले थोरैमा ४ दिनमा १ पटक र बढिमा १२ दिनमा एक पटक पानी वितरण गरिने जनाएको छ ।