काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १० दिने निषेधाज्ञा लम्बिएको छ । बुधबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरेको हो ।


ADVERTISEMENT


उपत्यकाको निषेधाज्ञा भोलि सकिँदलै थियो । त्यसको अघिल्लो दिन नै १० दिन थप गरिएको हो । साथै बैठकले ग्यास, मासु, दूध, खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ९ बजेसम्म खुल्न दिने भएको छ । यसअघि खाद्यान्ह पसल समेत बन्द गरिएको थियो ।


ADVERTISEMENT

# # #


औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु खरिद तथा अत्यावश्यक सेवा बाहेक अन्य प्रायोजनका लागि सर्वसाधारणलाई घर बाहिर निस्किन रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधनहरुलाई जेठ ३१ गते राती १२ बजेसम्म रोक लगाइएको छ भने अत्यावश्यक कामका लागि जानस परे जिल्ला प्रशासन कार्यालयले तोकेको पास अनिवार्य गरिएको छ ।

निर्माण सामग्री ढुवानीका लागि राती ९ बजेदेखि बिहान ४ बजेसम्मको समय मात्रै अनुमति दिइएको छ । कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौँमा वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाइएको छ ।