काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरस र लकडाउनका कारण रोकिएका विभिन्न तहका परीक्षाहरु साउन महिनाभित्र सक्ने तयारी गरेको छ ।


ADVERTISEMENT


बुधबार ‘स्कुल अफ डेमोक्रेसी’ले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाले विभिन्न विधिहरु अपनाएर रोकिएका परीक्षाहरु चाँडो सम्पन्न गर्न विश्वविद्यालयले तयारी गरिरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विद्यार्थीहरु देशका ७७ वटै जिल्लामा रहेको र प्राविधिक र भौतिक असुविधिका कारण केही क्षेत्रका विद्यार्थीलाई असहज भए पनि जहाँ जुन विधिबाट सहज हुन्छ, त्यही अनुसार परीक्षा गरिने उनले बताए ।

‘संसारमा चलेका परीक्षाका विधिहरु अवलोकन गरिसकेका छौँ र त्यही अनुसार आगामी परीक्षाहरु सञ्चालन गर्छौं ।’ उपकुलपति बाँस्कोटाले भने, ‘असार १५ देखि रुटिङ निकाल्छौँ र साउन महिनाभित्र रोकिएका परीक्षा सम्पन्न गर्छौं । जसलाई जुनविधिबाट सञ्चालन गर्न सकिन्छ, त्यही अनुसार सञ्चालन गर्छौं ।’

उनले १८–१९ महिनादेखि हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन महिनाभित्रै सम्पन्न गर्ने बताउँदै त्यही अनुसार विद्यार्थीहरुलाई तयार रहनु आग्रह गरे । उनले हाल १२५ वटा टिचिङ युनिटहरुमध्ये ५ वटा बाहेक सबैमा अनलाईन माध्यममा पठनपाठन भइरहेको उल्लेख गरे ।

उपकुलपति बाँस्कोटाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई कसरी खोप सहज बनाउने भन्ने बारेमा छलफल सुरु भएको जानकारी दिए । कोरोना महामारीका बेला त्रिविसमक्ष पठनपाठन र अनुसन्धान मात्र नभई बिरामी र रोगको नियन्त्रणको पनि जिम्मेवारी रहेको बताउँदै हाल एक केन्द्रीय अस्पताल र विभिन्न मेडिकल कलेज तथा नर्सिङंक्याम्पसमार्फत त्यसमा लागेको बताए ।