दार्चुला– व्याँस गाउँपालिका–१ छाङ्गरुस्थितका बासिन्दा गत मंसिरदेखि सञ्चार सुविधाबाट वञ्चित हुन पुगेका छन् ।


ADVERTISEMENT


गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्‍याएपछि हालसम्म पनि गत मंसिरमा नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा यहाँका बासिन्दा सञ्चारबाट वञ्चित भएका हुन् ।


ADVERTISEMENT

# # #


सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका–१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट वञ्चित भएका छन् । स्काइ टावर राखिएको घर नै हिमपातले भत्काएको छ । भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणालीलगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । उनका अनुसार, भवन पूरै भत्काएको छ भने हालसम्म पनि के कति क्षति भयो? भन्ने यकिन जानकारी छैन । ‘सामान्य अवस्थामा भए हामीले नै मर्मतसम्भार गथ्र्यौ । टावरको पूरै क्षति भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन् । टावरले काम नगरेको बारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ; उनले भने ।

अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ । ‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’, छाङ्गरुका स्थानीय योगेश बोहराले जानकारी दिदैँ भने; ‘फोन गर्न पाइएको छैन ।’ छाङ्गरुमा नेपाल टेलिकमले दुई ल्यान्डलाइन जडान गरेको छ । अहिले त्यो फोन सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन् ।

छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन । रासस