काठमाडौँ – लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन नेपाली कांग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समेत समर्थन पाएका पाण्डेयले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।


ADVERTISEMENT

# # #


पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।