काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनैपनि हालतमा महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणालीमा परिवर्तन गरेर भएपनि निर्धारित समयमा महाधिवेशन गर्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि कोभिड महामारीका कारण देशभरिका प्रतिनिधि एकै ठाउँमा भेला हुने अवस्था नभएमा सम्बन्धित जिल्लाबाटै मतादन गर्ने व्यवस्था गरेर नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियोे ।

विगतका दिनमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएर गिरिजाप्रसाद कोइरालालाई नजरबन्द गरेको कठिन घडीमा समेत उनले पार्टीको जिल्ला अधिवेशन गर्न निर्देशन दिएको स्मरण गर्दै सुजाताले अब निर्धारित समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको बताइन् ।

‘अहिले हामीहरू जिल्ला जिल्ला बाट सबै महाधिवेशन प्रतिनिधिहरू केन्द्रमा वा तोकिएको स्थानमा भेला हुने र केन्द्रीकृत भएर भोटिङ गर्नु पर्ने व्यवस्था छ जुन आर्थिक रुपमा महँगो र जिल्ला जिल्ला बाट प्रतिनिधिहरू आउदा भौतिक कठिनाई पनि हुने गरेको,’ उनले भनिन्, ‘त्यसैले अब निर्वाचन प्रणालीलाई विकेन्द्रीकृत गरि जिल्ला जिल्ला बाट नै महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउने हो भने अहिलेको कोभिड महामारी बाट पनि बच्न सकिन्छ र आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ ।’

यसैगरी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बारम्बार संविधान उल्लंघन गरी लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि सबै दल एकजुट भएर लाग्नुपर्ने बताइन् ।

सर्वोच्चले असंवैधानिक ठहराइ पुनर्स्थापन गरेको संसद्लाई प्रधानमत्री ओलीले पुनः असंवैधानिक ढंगले विघटन गरेको बताउँदै उनले संविधानको रक्षार्थ सर्वोच्चले संसद पुनर्स्थापना गर्नेमा विश्वास व्यक्त गरिन् ।