काठमाडौँ – उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित डाक्टर खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई सपथ खुवाएका हुन् । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए ।


ADVERTISEMENT

# # #


सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सहि ट्र्याकमा ल्याउनुपर्ने बताए । उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।