एजेन्सी – अमेरिकी राष्ट्रपति जोए बाइडेनले कोरोनाको उत्पत्तिबारे छानबिन गर्न निर्देशन दिएका छन् । बाइडेनले अमेरिकी खुफिया एजेन्सीलाई ९० दिनभित्र भाइरसको उत्पत्तिबारे छानबिन गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


चीनको वुहानबाट शुरु भएको कोरोना महामारीको अवधि डेढ वर्ष नाघ्दा पनि यसको उत्पत्तिबारे पत्ता लाग्न सकेको छैन । एक पक्षले यो प्राकृतिक भएको बताइरहेपनि अर्को पक्षले चीनले कोरोना बनाएको भन्ने आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा चीनले भाइरस बनाएको, प्रयोगशालाबाट चुहावट भएको वा जनावर/चराचुरुङ्गीबाट फैलिएको पत्ता लगाउन बाइडेनले वक्ततव्य जारी गर्दै अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


यससम्बन्धमा उनले चीनलाई सहयोग गर्न अपील गरेकोमा चिनियाँ दूतावासले भने बुधवार नै विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । चिनियाँ दूतावासले भाइरसको सम्बन्धमा राजनीतिकरण नगर्न भन्दै आपत्ति जनाएको हो ।