काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टिकरण सोधेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध लागेको आरोपमा महन्थले तीन दिनभित्र बुझाउने गरी ७ बूँदे स्पष्टिकरण सोधेका हुन् ।


ADVERTISEMENT

# # #


ठाकुरले ओलीको समर्थन गर्न छाडेर काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थन गर्नुको कारण उपेन्द्रलाई सोधेका छन् । पार्टी निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएको, पार्टी एकता बिथोलेको र गुट भेला गरेको लगायतका प्रश्नको जवाफ ठाकुरले मागेका छन् ।

जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरि पार्टी हित विपरित निर्णय गरेको भन्ने स्पष्टिकरण तीन दिनभित्र दिन ठाकुरले उपेन्द्रलाई निर्देशन दिएका छन् ।