काठमाडौँ – काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । एक सातामा चेन ब्रेक हुनसक्ने अनुमान गरी तत्काल एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको काठमाडौँका जिल्ला अधिकारी (सीडीओ)ले जानकारी दिए ।


ADVERTISEMENT


पूर्वनिर्धारित निषेधाज्ञा सकिन दुई दिन मात्र बाँकी रहँदा काठमाडौँ महानगरपालिकाका तीन सीडीओको बैठक आज बस्दैछ ।


ADVERTISEMENT

# # #


‘अब एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गरे चेन ब्रेक हुन्छ कि भन्ने अनुमान छ,’ उनले भने, ‘आजको बैठकले निषेधाज्ञा थपको निर्णय गर्नेछ ।’

निषेधाज्ञामा नयाँ अध्यादेशअनुसार कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गरिने उनले बताए । नयाँ अध्यादेशले निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध ६ महीनासम्म कैद र तीन लाखसम्मको जरिवानाको व्यवस्था गरेको छ ।