काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेको छ ।


ADVERTISEMENT


सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा उपेन्द्र समूह), नेकपा एमाले (माधव नेपाल समूह)का, राष्ट्रिय जनमोर्चाका १४६ सांसद नागरिकता र हस्ताक्षर बाकेर सर्वोच्चमा रिट हाल्न पुगेका हुन् । यसअघि आइतबार पाँच वटै पार्टीका सांसदको हस्ताक्षर गरिएको थियो । हिजै सर्वोच्च जाने बताइए पनि अन्तिममा तयारी नपुगेकाले उनीहरु आज सर्वोचच पुगेका हुन् ।


ADVERTISEMENT

# # #


विपक्षी गठबन्धनले रिटमा संसद विघटनको निर्णयलाई खारेज गर्न, संसद अधिवेशनको मिति तोक्न तथा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेको छ ।

संसदको विश्वासको मत गुमाएर संविधानको धारा ७६ (४) अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसक्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसमा विपक्षी गठबन्धनबाट देउवाले १४९ तथा ओलीले १५३ सांसदको समर्थन भएको दाबी गर्दै आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए ।

तर, राष्ट्रपतिले दुबै जनाको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् । त्यसलगत्तै ओलीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा गर्नेगरी निर्वाचन गर्ने निर्णय गरेका थिए । विपक्षी गठबन्धन सोही विरुद्ध संर्वोच्च पुगेको हो ।