काठमाडौँ- अजय कार्कीको शब्द एवम् संगीतमा सजिएको ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


समकालीन चर्चित गायक गायिक मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको उक्त गीतको भिडियो आज एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


रामकुमार केसीले छायांकन एवम् निर्देशन गरेको भिडियोलाई किशोर थापाको माष्टरिङ तथा मिक्सिङले न्याय दिलाएको देख्न सकिन्छ भने, भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । यस्तै, मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि रहेको भिडियोमा पल शाह, उषा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरलगायतकोे नृत्य तथा अभिनय देख्न सकिन्छ ।

यस्तै, गीतकार दर्पण राईको टेक्निकल सल्लाहले थप उत्कृष्ट बनाइएको उक्त गीतको भिडियो दर्शकले मनपराइ दिने विश्वास लिएको छ ।

भिडियो हेर्नुहोस् :