काठमाडौँ – महालक्ष्मी विकास बैंक लि. ले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकका अनुसार कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब वचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड, लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।