काठमाडौँ – मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरेको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैका दाबी नपुगेकाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने घोषणा गरेसँगै बसेको मन्त्रिपरिषद्को बैठकले मध्यावधि निर्वाचनको निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले निर्वाचनको घोषणा गर्नेछिन् ।