काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पनि नयाँ सरकार गठनका लागि दाबी गरेका छन् । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


यता विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीमा दाबी गर्दैछन् । उनले नेकपा एमाले माधव कुमार नेपाल समूहका २७ सांसदसहित १४९ सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । तर, विपक्षीहरु गठबन्धनको सरकार बनाउन असफल भएपछि धारा ७६(३)अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।

तर, प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजे सकिँदैछ ।