पोखरा– नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ ।


ADVERTISEMENT


कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम पन्तले जनाएको हो ।


ADVERTISEMENT

# # #


उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताएका छन् ।

संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी(महिला)’ र ‘नारायण’(पुरुष) छन् । आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाका अनुसार, पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम)को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण रोकिएको छ । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोगमा निर्माण हुन लागेको हो ।

रु एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन् । विसं २०८० सम्ममा सडकमानवमुक्त बनाइने अभियानानुसार योजनाबद्ध कार्यमा लागेको उनको भनाइ छ । रासस