धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकार केही काम नगरी बसेको भन्ने आरोप निराधार भएको बताएका छन् ।


ADVERTISEMENT


धनगढीमा उद्योग वाणिज्य सङ्घ कैलालीले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भएका प्रयासबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले केही झन्झटिला प्रक्रियाका कारण केही ढिलाइ भएपनि प्रदेश सरकार आफ्नै हिसाबले काम गरिरहेको जानकारी दिए । “प्रदेश सरकार सुतेको छैन,” उनले भने, “यस्ता भ्रामक सूचनालाई सत्य नमानिदिन म आग्रह गर्न चाहन्छु । ”


ADVERTISEMENT

# # #


घोडाघोडीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा

घोडाघोडी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले घोडाघोडी–३ मा रहेको दरख स्वास्थ्य चौकीमा १० शय्याको अस्थायी अस्पताल अस्पताल सञ्चालनमा ल्याएको हो । एक एमबिबिएस डाक्टर, दुई स्टाफ नर्स, एक कार्यालय सहयोगी अन्य स्वास्थ्यकर्मी सहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको शुरुमै सङ्घीय सरकारले रु १० लाख पठाए पनि डाक्टरका अभावले ढिलो गरी कोरोना अस्पताल सञ्चालनमा आएको पालिकाले जनाएको छ । अहिले तत्काल दश श्ययाको अस्पताल सञ्चालनमा ल्याए पनि आवश्यकताको आधारमा शय्या थप्दै जाने स्वास्थ्य शाखाका प्रमुख कैलाशकुमार रावतले जानकारी दिए।

अक्सिजनको अभाव भएका, ज्वरो आएका सङ्क्रमितलाई यतै राखेर उपचार गरिने र आइसियु, भेन्टिलेटरको आवश्यकता परेका बिरामीलाई मात्र बाहिर पठाइने उनले बताए । हाल अस्पतालमा १५ अक्सिजन सिलिन्डर भए पनि अन्य सिलिन्डर खरीद प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । अक्सिजन सहितको अस्पताल सञ्चालन आएपछि सङ्क्रमित बाहिर जानुपर्ने बाध्यता हटेको प्रमुख रावतले विश्वास व्यक्त गए ।

घोडाघोडीले अहिले जटिल सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको छ । अब उक्त अस्पतालमा कोरोनाका लक्षण चिन्ह भएकाहरूको चेकजाँच, स्वाब सङ्कलन, परामर्श तथा फेबर क्लिनिक सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।