काठमाडौँ – निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

नेपाः हिमा ट्रेड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए ।


ADVERTISEMENT

# # #


चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया