सुनसरी – नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोना संक्रमित पत्रकारको घर घरमा चिकित्सक र औषधि पुर्याउने काम सुरु गरेको छ ।


ADVERTISEMENT


युनियन सुनसरी शाखाले संक्रमित पत्रकारहरुको घरमा औषधि र परामर्शसहित चिकित्सकको नि:शुल्क सेवा अभियान सुरु गरेको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी जानकारी दिए । सुनसरी जिल्लामा अहिले १४ सञ्चारकर्मी कोरोना सक्रमित बनेको उनले बताए ।


ADVERTISEMENT

# # #


पत्रकारको मनोवल उच्च राख्नका लागि र स्वास्थय जोखिम कम गर्न परामर्श सहितको स्वास्थ्य सेवा सुरु गरिएको उनले बताए । प्रेस युनियनको यो अभियानले होम आइसोलेसनमा रहेका सञ्चारकर्मीहरुले आफ्नो मनोबल बढेको बताएका छन् ।