काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ ।


ADVERTISEMENT


कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका छन् । एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको छ । माधव समूहले ओलीलाई २ बुँदामा प्रतिवद्धता जनाउन ओलीलाई ९ बजेसम्मको समय दिएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएकाले माधव पक्षले एमालेका सम्पूर्ण गतिविधि नेकपा एकता हुनुअघि २०७५ जेठ २ गतेमा फर्किनु पर्ने अडान राखेको छ । यस्तै पार्टी सञ्चालन सहमतिका साथ अघि बढाउनेबारे प्रतिवद्धता गर्न समय दिइएको छ ।

अहिलेको गठबन्धन हेर्दा नेकपा एमालेसँग १२१ सांसद् छन्, एकजना राष्ट्रपति भएकाले उनले मतदान गर्न पाउने छैनन् । जसमध्ये माधव नेपाल पक्षमा ३५ जना सांसद् रहेका छन् । ६१ सांसद् भएको काँग्रेसले विपक्षमा मत दान गर्दैछ भने माओवादी केन्द्रले पनि हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसैगरी जनता समाजवादी पार्टीसँग ३५ मत रहेको छ । जसमा महन्थ ठाकुर पक्षले सरकारलाई साथ दिने कसरत गरेपनि अन्ततः विश्वासको मत नपाउने अवस्था देखेपछि स्वतन्त्र रहने भएको छ भने बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष विपक्षमा मतदान गर्दैछ । विश्वासको मत पाउन १३६ मत चाहिन्छ, अहिलेको गठबन्धन हेर्दा प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्दैनन् ।