काठमाडौं – किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ ।


ADVERTISEMENT


नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो वैशाख ११ देखि बैशाख २५ (२४ अप्रिल देखि १५ मे २०२१) सम्म काठमाडौंमा हुने तय भएको छ ।


ADVERTISEMENT

# # #


किया सधैं खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । किया अस्ट्रेलियन ओपन ,फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आवद्ध छ ।

त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मदत गर्नेमा विश्वस्त छ । कम्पनीले फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहेको बताएको छ ।

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने छ ।

कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ ।