काठमाडौँ – नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गर्ने चार सांसदलाई हटाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले ‘फ्लोर क्रस’ गर्ने नेता माधवकुमार नेपाल पक्षका चार सांसदलाई हटाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थिए । एमालेले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर, उनीहरुले पक्षमा मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

आफ्नो पक्षमा मतदान गर्ने सांसदमध्ये मुख्यमन्त्री शाहीले अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्री बनाएका छन् ।