काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले टस हारेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर बलिङ राजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको हो । सिरिजको लिग चरणको अन्तिम खेलमा नेपाल मलेसियाविरुद्ध लगातार दोस्रो जित हात पार्न चाहन्छ भने पहिलो खेल हारेको मलेसिया बदला लिने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #


आज नेपाली टोलीमा दुईवटा परिवर्तन गरिएको छ । साहब आलम र अभिनास बोहरा आउट भएका छन् भने कमलसिंह ऐरी र सुसन भारी अन्तिम ११ मा अटाएका छन् ।

तीन खेलमा २ जित निकोलेको नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ भने मलेसिया २ हार र एक बराबरी खेल्दै सिरिजबाट आउट भएको छ । वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा मलेसियाले हिजो नेदरल्याण्डसँग बराबरी खेलेको थियो ।

नेपाली टोली : 
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, सुसन भारी र कमल सिंह ऐरी ।