काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाललाई तेस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर बलिङ राजेपछि नेपालले पहिलो ब्याटिङ नेपालले तेस्रो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफलाई व्यक्तिगत ४२ रनमा गुमाएको हो । यसअघि पहिलो विकेटका रुपमा कुशल भुर्तेल १२ बलमा २ छक्काको मदतमा १६ रन बनाएर आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल २५ बलमा ४२ रन बनाए । आउट हुनुअघि उनले १ चौका र ४ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै आशिफले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३३ रन र दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गरे । ताजा अवस्थामा नेपालले १३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १२२ रन बनाएको छ । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह एरी (१२) र विनोद भण्डारी ४ रनमा खेलिरहेका छन् ।