काठमाडौँ – नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्माओलीले नेकपा एमालेमा अब कुनै पनि गुटगत क्रियाकलापलाई मान्यता नदिने बताएका छन् ।


ADVERTISEMENT


मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी अराजकता पनि हुने, अनुशासनहीनता पनि चल्ने ठाउँ नभएको बताउँदै उनले त्यस्ता कुरासँग सम्झौता गर्न नसकिने उल्लेख गरे । ‘हामी अनुशासनहीनता, अराजकता, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैनौँ ।’ उनले भने, ‘त्यसकारण मैँले भनेको छु, व्यक्तिगत रुपमा जिम्मेवारी दिने हुनसक्छ । तर, पार्टीभित्र गुट बनाउने अनि मेरो भाग यति भन्ने कुराहरु अब उप्रान्त पार्टीमा चल्दैन ।


ADVERTISEMENT

# # #


उनले माधव नेपाल पक्षले आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने र साधारण सदस्यबाट समेत निकाल्दा सम्म पनि आफूहरु संयमित भएको बताउँदै उनले भने, ‘यति उपद्रो गर्दा पनि अहिले पनि हामी कारवाही नगरेर सम्झाईबुझाई गरिरहेका छौँ । हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । भरसक पार्टीमा क्षति नहोस् भन्नेमा छ ।’

‘म ५६ वर्षअघिदेखि कम्युनिस्ट आन्दोलनमा लागेको बताउँदै उनले भने, ‘तर, म माथिबाट हमला सुरु भयो । हमला पनि यस्तो भयो कि मलाई साधारण सदस्यताबाट पनि निकालियो । दलको नेताबाट हटाउनु एउटा थियो, अध्यक्षबाट हटाउनु एउटा थियो । तर, साधारणा सदस्य समेत नरहेगरी ।’

केपी ओलीलाई सिद्ध्याइयो, पत्तासाफ गरियो भन्दै आफ्नो टाउकोमा हान्ने नीति माधव नेपालहरुको रहेको उनले बताए । पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने र आफूहरुलाई माटोमै मिलाइदिने उद्देश्य अहिले पनि चलिराखेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता प्रवृत्तिहरुकाविरुद्ध आफूहरु जसधिरहेको बताए ।

उनले अघि थपे, ‘पार्टीभित्र पार्टीकै नाममा कहीँ फ्लोर क्रस गर्ने, नेपालको लाकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यतिसारो अराजक, यस्तो दृश्य कहिल्यै पनि देखिएको छैन । फ्लोर क्रस गरेर कम्युनिस्ट पार्टीलाई कमजोर पारेर त्यसमा गर्व गर्ने !’

एमाले मजबुत पार्टी भएको र प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च खदालतले पुनर्स्थापना गरिदिए पनि आफूहरुलाई पार्टी विहीन अवस्थामा पुर्याउन खोज्नेलाई असफल पारेको ओलीले तर्क गरे । उनले भने, ‘हामी सफलताका साथ अघि बढेका छौँ । जितका साथ अघि बढ्नेछौँ । म कम्रेडहरुलाई विश्वास दिलाउन चाहन्छु । कुनै प्रकारले पनि निरास हुनु पर्ने अवस्था छैन ।’