काठमाडौँ–  विश्वमा नै छरिएर रहेका तामाङ समुदायका परम्परागत संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सन् २००६ देखि नै निरन्तर रुपमा सञ्चालन हुँदै आएको मिस तामाङ वल्र्ड–२०२१ को आज उद्घोषण भएको छ ।


ADVERTISEMENT


हात्तिसारस्थित एक कार्यक्रमको आयोजना गर्दै साधना कला केन्द्रले आज पत्रकार सम्मेलन गरी मिस तामाङ वल्र्ड–२०२१ प्रतियोगिताको उद्घोषण भएकोे जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व एआइजी डा. कृष्ण बहादुर तामाङ, प्रथम मिस तामाङ तथा पूर्व मिस नेपाल जेनिशा मोक्तान, मोडेल तथा अभिनेत्री सुमी मोक्तान, मिस तामाङ–२०१७ पिंकी घिसिङ तथा म्युजिक एशोसियन अफ नेपालका अध्यक्ष एवम् साधना कला केन्द्रका संस्थापक मिलन मोक्तान लगायतले संयुक्त रुपमा तामाङको सांस्कृतिक बाजा डम्फु बजाउँदै मिस तामाङ वल्र्ड–२०२१को उद्घोषण गरेका थिए ।

कार्यक्रमको सो अवसर वरिष्ठ निर्देशक समेत रहेका मिलन मोक्तानले संसारभर छरिएर रहेका तामाङ जातिलाई एकत्रित गरी तामाङ जाति एवम् संस्कृतिको संरक्षण गर्ने तथा अन्य जातिमा सामाजिकीकरण हेतुको साथ यस प्रतियोगिता सञ्चालन गरिदै आएको बताएका छन् ।

कार्यक्रममा उनले प्रत्येक जाति, भाषा, धर्म, कला, संस्कृति, रीतिरिवाज एवम् परम्पराहरु आ–आफ्ना पहिचानका गौरवमय चिन्हहरु भएकाले यो एक आपसमा झगडा गर्ने विषय नरहेको प्रष्ट पारेका छन् ।

यसैगरि, अब अन्र्तराष्ट्रिय स्तरमा समेत मिस तामाङ प्रतियोगिता गर्ने जनाउँदै उनले मिस तामाङ वल्र्डलाई विश्वभरिकै मिस तामाङ सुन्दरीहरुको प्रतिनिधित्व मानिने जनाए । उनका अनुसार, विश्व विजेता मिस तामाङलाई संरक्षण र प्रोत्साहनका लागि तामाङदायकै लब्ध प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा मिस तामाङ वल्र्ड फाउण्डेशनको समेत स्थापना गरिएको छ ।

यस्तै, कार्यक्रममा प्रथम मिस तामाङ तथा पूर्व मिस नेपाल जेनिशा मोक्तानले सो प्रतियोगिता तामाङ जाति एवम् अन्य धेरै ज्ञानहरु आर्जन गर्न गतिलो अवसर भएको जनाइन् । यसका साथै उनले प्रतियोगितमा भाग लिने प्रतियोगीहरु लाई शुभकामना समेत व्यक्त गरेकी छिन् ।

केन्द्रले, जुनसुकै देशबाट भएपनि कम्तिमा १६ देखि २८ वर्षसम्मको अविवाहित तामाङ जातिले मिस तामाङ वल्र्ड–२०२१ प्रतियोगितामा भाग लिन पाउने जनाएको छ । यस्तै, केन्द्रका अनुसार, प्रतियोगीले कम्तिमा पनि प्लस टु लेभल अथवा सो बराबरको अध्ययन पूरा गरेको हुनुपर्नेछ ।

बद्व जयन्तीको अवसर पारेर लुम्बिनीमा ग्राण्ड फिनाले हुने भनिएको सो प्रतियोगिताका लागि इच्छुक व्यक्तिहरुले मिस तामाङको www.misstamangworld.com वेबसाइट मा गएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।