काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


शनिबार डेब्यू खेलमै अर्धशतक बनाएका कुशलले सोमबार मलेसियाविरुद्ध पनि अर्धशतक पूरा गरेका हुन् । मलेसियाले दिएको १०९ रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा उनले २६ बलमा नै अर्धशतक बनाए । त्यसक्रममा उनले ३ चौका र ५ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


नेपालले ताजा अवस्थामा ८ ओभरमा बिना कुनै विकेट क्षतीमा ७८ रन बनाएको छ । कुशल (५२ रन)लाई आशिफ शेखले व्यक्तिगत २४ रनमा साथ दिइरहेका छन् ।