चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिएका छन् ।

गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टको भनाई छ । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भट्टद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ । रासस