काठमाडौँ– समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ ।


ADVERTISEMENT


प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक रहेको उनको ९३ वर्षको उमेरमा आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय रहेका उनी पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका कुनै बेलाका काठमाडौँ नगरको मेयर पनि थिए । परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । रासस