काठमाडौँ – त्रिदेशीय कप टी–२० सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् ।
त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट खेल शुरु हुने तालीका रहेको छ ।
शनिबारदेखि शुरू भएको सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई पराजित गरी जीतको शुरुवात गरेको थियो भने आइवतारको दोस्रो खेलमा मलेसियाले नेदरल्याण्डसँग पराजित भोग्नुपरेको थियो ।