काठमाडौँ – यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।


ADVERTISEMENT


आयोजक संस्थाद्वय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन् ।


ADVERTISEMENT

# # #


कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीरेन शाक्यले गर्ने, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ ।

‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि हुने पनि जनाईएको छ । आयोजक संस्थाले यस्तो पनि कार्यक्रम भैरहेको छ भनेर संसारलाई एउटा सन्देश दिने विश्वास लिएको छ ।